
सीमावर्ती भारतीय क्वारेन्टाईमा रहेका नेपालीको आज कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरिएको छ भने कैलालीमा रहेका भारतीय नागरिकलाई पनि भारत पठाईएको छ।

गौरीफन्टा नाकाबाट ३ सय ७१ नेपाली कैलाली भित्रिएका छन् भने ८ सय बढि भारतीय नागरिक भारत फर्किएका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार पलियाको क्वारेन्टाईनमा रहेका तीन सय ७१ जनालाई प्रवेश गराईएको हो।

उनीहरुको सीमा क्षेत्रमै ¥यापिड टेस्ट समेत गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भारतबाट फर्किएका नेपालीहरुलाई भन्सार नजिकै रहेको नवदुर्गा माविमा राखिएको जानकारी दिए। उद्धार गरीएका तीन सय ७१ जना सुदूरपश्चिमका नौँ जिल्ला सहित पूर्वी नेपालका समेत रहेका छन्।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39