संघिय सरकारले आज ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमका अधिकांश पूरानै योजनाले निरन्तरता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पूरानै योजनालाई निरन्तरता दिईएको हो।
सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि आज संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुदूरपश्चिमका हकमा कुनै नयाँ योजना परेका छैनन ।
पुरानै तर सधै चर्चा गरिएका योजनाहरु नीति तथा कार्यक्रममा समेटिएका छन् ।
पञ्चेश्वर बहुउद्देयको आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिमरुप दिइ विकास निर्माण अघि बढाइने, कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा चाँदनी स्थित कन्जभोगमा सुख्खा बन्दरगाह निर्माणको प्रारम्भिक कार्य सुरु गरिने बताईन्।
यस्तै डडेल्धुराको डडेल्धुरा अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच सय शैयामा स्तरबृद्धि गरिने, महाकाली सिचाई आयोजनाको मुल नहर विस्तारको कार्य अघि बढाइने, दोधारा–चाँदनी कन्चभोजमा सुख्खा बन्दरगाह निर्माण, लम्की डुडेझारी औद्योगिक क्षेत्र र कंचनपुरको दैजी औद्योगिक क्षेत्र स्थापनाको कामलाई समेत निरन्तरता दिईने भएको छ।
यस्तै वषौँदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत आयोजनालाई अगामी वर्ष अगाडी बढाउने, खुटिया–दीपायल सुरुङ मार्ग निर्माण गर्ने, बझाङ, बैतडी र दार्चुलामा चुन खानी, फलाम तथा तामा खानी एवंम पेट्रोललिय प्रदार्थ अन्वेषण उत्खनन गर्ने, रानिजमरा सिचाइ योजनाका शाखा नहर निर्माण गरी १४ हजार तीन सय हेक्टर जमिन सिचाइ र ७ दशमलव ७ मेगावाटको विद्युत उत्पादनको कामलाई समेत अगाडी बढाईने भएको छ।
नीति तथा कार्यक्रममा कैलालीको लम्कीको डुडेझारी र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने बताईएको छ . कैलालीको गोदावरी नगरपालिकाको हरैयामा ब्यापार बिशेष क्षेत्र र कञ्चनपुरको.दोधारा चाँदनीको कंजभोगमा सुख्खा बन्दरगाह स्थापना गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ यसैगरी नीति तथा कार्यक्रममा बझाङ, बैतडी र दार्चुला लगायतका जिल्लामा खानी, चुन ढुङ्गा, फलाम, तामा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने उल्लेख गरिएको छ ।
सुदूर पश्चिममा औद्योगिक ग्रामलाई थप गरिने उल्लेख छ । तर अहिलेसम्म यहाँ औद्योगिक ग्राम छैन । डडेलधुराको उपक्षेत्रीय अस्पताललाई बिशेषज्ञ सेवा सहित स्तर वृद्धि गर्ने बताईएको छ बिगतका वर्षमा झै पश्चिम सेतीका चर्चा यो नीति तथा कार्यक्रममा छुटेको छैन । आगामी बर्ष पश्चिम सेती अगाडि बढाईने बताईएको छ । तर कसरी बढाईने उल्लेख छैन ।
यसैगरी अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय योजनालाई ठोस प्रस्ताव सहित अगाडि बढाईने बताईएको छ ।रानीजमरा सिंचाइ योजनाका शाखा नहर निर्माण गरी १४ हजार ३०० हेक्टर जमिन सिंचाइ र ७ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरी सुस्त गतिमा रहेको खुटिया दिपायल सुरुङ्ग मार्ग निर्माण पनि नीति तथा कार्यक्रम समेटिएको छ । यसअघिको नीति तथा कार्यक्रममा घोषणा गरिएका सुदूर पश्चिमका कतिपय योजनाहरु नीति तथा कार्यक्रममा यस पटक परेनन ।
सरकारले भारतद्धारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी सहितको देशको नक्शा सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।