सुदूरपश्चिममा ३२८७ जनाको रिपोर्ट आउन बाँकी, ३२ हजारको पिसिआर कोरोना परीक्षण
2020/07/28, 2:00
 
corona

सुदूरपश्चिममा ३२८७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फागुन १ गते पहिलो पटक सुदूरपश्चिममा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा सोमवारसम्म ३५ हजार एक सय एक जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका तीन हजार दुई सय ८७ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई हजार ५७, धनगढी प्रयोगशालामा ८ सय एक र डडेल्धुरा प्रयोगशालामा चार सय २९ स्वाबको कोरोना परीक्षण बाँकी रहेको स्वास्थ्य महाशाख प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

सुदूरपश्चिमका झण्डै ३२ हजार जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरिएका ३१ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गरिएको हो । कोरोना परीक्षण थालिएको झण्डै पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत १६ हजार ८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १३ हजार ६ सय ८६ र डडेल्धुरा प्रयोशागाला मार्फत एक हजार ८ सय ८६ जनाको कोरोना परिक्षण गरिएको छ । 

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक लाख २३ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण पनि गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ४७ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका नौँ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अछाममा ६ सय ७८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ७९ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो ।