
कोरोना भाइसको उद्गम स्थलमा मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ ।

पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको संख्या धेरै छ । भारतमा एकै दिन ३ हजार भन्दा धेरै जनालाई सङ्क्रमण भएको पाइएको छ । भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ३४ जना उपचार पछि निको भएका छन् । यस्तै, २७ सय जना भन्दा धेरैको ज्यान गएको छ ।
चीनमा भारतको भन्दा सङ्क्रमण दर कम छ । अहिलेसम्म चीनमा ८२ हजार ९ सय ३३ जना सङ्क्रमित छन् । चीनमा ७८ हजार भन्दा धेरै सङ्क्रमित उपचार पछि निको भएका छन् भने ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39