सुदूरपश्चिममा १० बर्ष मुनिका ३८४ जना कोरोना संक्रमित, एकैदिन १२ बालबालिकामा कोरोना पुष्टि
2020/07/29, 4:45
 
corona

सुदूरपश्चिममा १० बर्ष मुनिका ३८४ जना कोरोना संक्रमित भएका छन् । मंगलावारसम्म तीन सय ७२ जना १० बर्ष मुनिका वालवालिका रहेकोमा वुधवार थप १२ जनामा कोरोना पुष्टि भएको हो । सुदुरपश्चिम प्रदेशका आठ जिल्लामा बालबालिका संक्रमित भए पनि दार्चुलामा भने अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दुई सय जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा कोरोना पुष्टि हुँदा १० बर्षमूनिका बालबालिका मात्रै १२ जना रहेका छन् । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीको आदर्श गाउँपालिकाका दुई महिने बालक, तीन महिने बालिका, सात र १० महिनाकी बालिका र चार बर्षीया बालिकामा कोरोना पुष्टि भएको छ ।

यस्तै आदर्श गाउँपालिकाकै एक, दुई र पाँच बर्षीय बालमा पनि कोरोना पुष्टि भएको छ । कैलालीको भजनी नगरपालिकाकी तीन बर्षीया बालिकामा समेत कोरोना पुष्टि भएको छ भने बर्दगोरीया गाउँपालिकाका १० बर्षीया बालमा समेत कोरोना पुष्टि भएको छ । कञ्चनपुरको बेलौरीका दुई बर्षीय बालकमा पनि कोरोना पुष्टि भएको सेती अस्पतालले जनाएको छ ।