सरकारको निति तथा कार्यक्रममा सुदुरपश्चिमका योजना के के छन् ? (सुची सहित)
2020/05/16, 9:37
 
bidya

संघीय सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमका अधिकांश पूरानै योजनाले निरन्तरता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको निति तथा कार्यक्रममा अधिकांश पूरानै योजनालाई निरन्तरता दिईएको हो ।

सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि संसदमा प्रस्तुत गरेको निति तथा कार्यक्रममा सुदूरपश्चिमका हकमा कुनै नयाँ योजना परेका छैनन । पुरानै तर सधै चर्चा गरिएका योजनाहरु निति तथा कार्यक्रममा समेटिएका छन् ।           

२०७७÷०७८ को निति तथा कार्यक्रममा समावेश सुदुरपश्चिम प्रदेशका प्रमुख बहुआयमिक योजनाहरुको सुची यस्तो छः
१) पश्चिम सेती जलविद्युत परियोजना अगाडी बढाईने ।
२) कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र बनाईने ।
३) कञ्चनपुर दोधाराको कन्जभोजमा सुख्खा बन्दरगाह निर्माण गरिने ।
४) कैलाली लम्कीको डुंडेझारीमा औद्योगिक क्षेत्र बनाईने ।
५) कञ्चनपुरको दैजीमा छेलामा औद्योगिक क्षेत्र निर्माण गरिने ।
६) बझाङ र बैतडी रदार्चुला लगायतका जिल्लामा खानी, चुन ढुङ्गा, फलाम, तामा, पेट्रोललिय पदार्थको अन्वेषण उत्खनन गर्ने ।
७) औद्योगिकग्रामलाई विस्तार गरिने ।
८) डडेल्धुराको उपक्षेत्रीय अस्पताललाई विशेषज्ञ सेवा सहित स्तर वृद्धि गरिने ।
९) पञ्चेश्वर बहुउद्देश्यीय योजनालाई ठोस प्रस्ताव सहित अगाडी बढाईने ।
१०) रानीजमरा सिचाई योजनाका शाखा नहर निर्माण गरि १४ हजार ३०० हेक्टर जमिन सिचाई र ७.७ मेगावाट विद्युत उत्पादन गरिने ।
११. खुटिया–दिपायल सुरुङ्ग मार्ग निर्माण गरिने ।