
सुदूरपश्चिम प्रदेशमा १५ असार यता प्राकृतिक प्रकोपबाट ३१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार सबैभन्दा बढी पहिरोमा परि मृत्यु भएको छ । प्रदेशभरि पहिरोमा परि १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता एसएसपी मुकेश कुमारसिंहले बताए ।

त्यस्तै, बाढीले ५ जना, पानीमा डुबेर ४ जना, पानीले बगाएर २ जना, करेन्ट लागेर २ जना, लडेर २ जना र आगलागीबाट एक÷एक जनाको मृत्यु भएको एसएसपी सिंहले बताए । मृत्यु हुनेमा बझाङमा १० जना, कैलाली र दार्चुलामा ७÷७ जना, बाजुरा ३, डोटी २, बैतडी र कञ्चनपुर १÷१ जना रहेको एसएसपी सिंहले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43