सुदूरपश्चिमका ३५८३४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण
2020/08/02, 7:33
 
corona

सुदूरपश्चिमका झण्डै ३६ हजार बढीको कोरोना परीक्षण गरिएको छ । पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरिएका ३५ हजार ८ सय ३४ जनाको कोरोना परीक्षण गरिएको हो ।

कोरोना परीक्षण थालिएको पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत १७ हजार तीन सय, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १५ हजार चार सय ९०, र डडेल्धुरा प्रयोशागाला मार्फत दुई हजार ८ सय ६० जनाको कोरोना परीक्षण गरिएको छ ।  

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फागुन १ गते पहिलो पटक सुदूरपश्चिममा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ३७ हजार दुई सय ५२ जनाको स्वाब संकलन गरिएको छ ।