
नेपालमा कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको पुष्टि भएको हो ।

आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्बिसेकी ३० वर्षीया महिलाको धुलिखेल अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पतालमा भर्ना भएकी ती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको धुलिखेल अस्पतालले जनाएको छ ।
उनको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पोजेटिभ देखिएको र टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टमा पनि संक्रमण पुष्टि भएको धुलिखेल अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालका उनको उपचारमा संलग्न सबैको स्वाब परीक्षण गर्नुका साथै उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39