सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८०४ पुग्यो
2020/08/03, 5:24
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ६१ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको हो । तीन वटा प्रयोगशालामा भएको परीक्षणमा सबैभन्दा धेरै कैलालीका ४५, कञ्चनपुरका १५ र अछामका चार जनामा   संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३५  र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि कैलालीका थप एक जनामा कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए । यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ९, कञ्चनपुरका ७ र अछामका चार जना गरी २० जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका  तीन महिला र ६ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन पुरुष, वेदकोट नगरपालिकाका तीन पुरुष, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष तथा अछामको साफेबगर नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चारजनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

६५ जना थपिएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार आठ सय चार पुगेको छ ।  अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार एक सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय ८२, अछाममा सात सय १०, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका पाँच सय ६७, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार दुई सय ४८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ ।