सुदूरपश्चिमका ११९२ जनाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी
2020/08/05, 2:01
 
corona

सुदूरपश्चिमका झण्डै ३७ हजारको कोरोना परीक्षण गरिएको छ । पीसीआर प्रविधि मार्फत देशभरीका विभिन्न प्रयोशागालामा सुदूरपश्चिमबाट स्वाब संकलन गरीएका ३६ हजार ८ सय ६७ जनाको कोरोना परीक्षण गरिएको हो । कोरोना परीक्षण थालिएको पाँच महिनाको अवधिमा देशभरका विभिन्न प्रयोशागाला मार्फत सुदूरपश्चिमबाट संकलित स्वाब परीक्षण गरिएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला मार्फत १७ हजार ८ सय ७१, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १५ हजार सात सय २९ र डडेल्धुरा प्रयोशागाला मार्फत तीन हजार ८३ जनाको कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फागुन १ गते पहिलो पटक सुदूरपश्चिममा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा बुधवारसम्म ३८ हजार ५९ जनाको स्वाब संकलन गरिएको छ ।

स्वाब संकलन गरिएका एक हजार एक सय ९२ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ। धनगढी प्रयोगशालामा चार सय ७८, डडेल्धुरा प्रयोगशालामा एक सय २५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १४ जनाको स्वाबको कोरोना परीक्षण बाँकी रहेको छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक लाख २४ हजार ६ सय ९० जनाको आरडिटी परीक्षण पनि गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार ८ सय ३८ पुगेको छ ।