सुदूरपश्चिमका ३३९१ संक्रमित निको भएर घर फर्किए
2020/08/06, 10:29
 
Korona

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप एक सय कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप एक सय जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। कैलालीका ८८ र डोटीका १२ जनालाई डिस्चार्ज गरिएको उनले बताए। 

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार तीन सय ९१ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६ सय ४२, डोटीका पाँच सय ७०, अछामका पाँच सय ५६, कञ्चनपुरका पाँच् सय पाँच, बैतडीका तीन सय र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।

बाजुरा चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। सुदूरपश्चिममा ६५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार महाकाली अस्पतालमा २५, टीकापुर अस्पतालमा २३,, जिल्ला अस्पताल अछाममा १०, सेती प्रादेशिक अस्पतालमा तीन, डोटी जिल्ला अस्पताल र मालाखेती अस्पतालबा दुई÷दुई जना संक्रमितको उपचार भईरहेको छ।

अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमा रहेका छन्। प्रदेशमा नौँ जना संक्रमितको भने मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार ८ सय ८१ पुगेको छ।