सुदूरपश्चिममा संक्रमितको संख्या ४९०९ पुग्यो, कहाँ कति ?
2020/08/07, 10:13
 
Korona

सुदूरपश्चिममा संक्रमितको संख्या ४९०९ पुग्यो, कहाँ कति ? खवर संवाददाता २०७७ साउन २३, ०६:३५ अ+ धनगढी : सुदूरपश्चिममा शुक्रवार थप १९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नौँ महिला र ८ पुरुष गरी १७ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षणमा दुई जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ४९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १६ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। सबैभन्दा बढि कैलालीको टीकापुर नगरपालिकाका ५ महिला र सात पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको उनले बताए। सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीकै गोदावरी नगरपालिकाका दुई महिला र एक पुरुष गरी तीन जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १२ की २२ बर्षीया युवती र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ६ की ३० बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। उता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षणमा कैलालीका दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार नौँ सय ९ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८४, अछामका सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय ७१, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार ७ सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।