कुहिएको चामल प्रकरणमा सप्लायर्सको आरोपः रश्मि ट्रेड कन्सर्नले फसायो (भिडियो सहित)
2020/05/17, 3:18
 
chamal

धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेको विषयमा गठन भएको छानविन समितिले प्रतिवेदन वुझाईरहेका वेला आपुर्तिकर्ताले भने आफुलाई रश्मी कन्सर्नले फसाएको आरोप लगाएको छ ।

1

2

चामल आपुर्तिको ठेक्का पाएको ठाकुर  ट्रेड लिंकले धनगढीकै अर्को खाद्य सप्लायर्स रश्मी  ट्रेड कन्सर्नबाट किनिएको चामल मात्रै कुहिएको र किरा परेको भेटिएको दावी गरेको छ । ठाकुर  ट्रेड लिंकका सञ्चालक हरिशंकर ठाकुरले आफुले नियतबस गर्न नखोजेको भएपनि रश्मि कन्सर्नबाट किनेको चामले समस्या भएको गुनासो गरे । ठाकुर  ट्रेड लिंकले रश्मि कन्सर्नबाट ३४ लाख ८६ हजारको ८ सय ३० क्वीन्टल चामल किनेको थियो ।

3

सो कन्सर्नबाट किनेको चामल सिधैं वडाहरुमा राहतका लागि पठाएको र आफुले नहेरेको ठाकुरको भनाई छ । ५÷७ लाखका लागि म आफ्नो करियर सिद्धाउने मान्छे होईन् । मलाई सप्लायर्सले चिट ग¥यो । ठाकुरले भने– छानविन समितिले मलाई कारवाहीको दायरामा ल्यायो भने म भोग्न तयार छु । म पनि मेरो सप्लायर्सलाई कानुनी कारबाहीका लागि अगाडी बढ्छु । 

4