
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप १२ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा १२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो।

कूल १ सय ५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ र ९३ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए। उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका २ पुरुष र २ महिलागरी ४ जना, डोटीकै केआईसिँह गाउँपालिकाका ४ पुरुष, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ पुरुष र १ महिलागरी ३ जना, त्यसैगरी बैतडीको पाटन नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ३२ पुगेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19