सुदूरपश्चिममा झण्डै ४० हजारको कोरोना परीक्षण, १२१८ को रिर्पोट आउन बाँकी
2020/08/09, 2:40
 
corona

सुदूरपश्चिम प्रदेशमा झण्डै ४० हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लामा ३९ हजार आठ सय ६९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।  निर्देशनालयका अनुसार अहिले सम्म परीक्षणका लागि ४१ हजार ८७ जनाको स्वाब संकलन गरिएकोमा एक हजार दुई सय १८ जनाको रिर्पोट आउन बाँकी रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म चार हजार नौ सय २० जनामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीमा सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कञ्चनपुरका पाँच सय ७५, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार नौ सय ३८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

प्रदेशमा आठ सय दुई जना मात्र सक्रिय संक्रमित अथात् ‘एक्टिभ केस’ छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयले नौँ वटै जिल्लामा शनिबार सम्म आठ सय दुई वटा ‘एक्टिभ केस’ रहेको जनाएको छ। निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा दुई सय ३१ जना संक्रमित रहेका छन्। कैलालीपछि सबैभन्दा बढि बझाङमा एक सय ७४, डोटीमा एक सय ६२ सक्रिय संक्रमित छन्।  यस्तै अछाममा एक सय ८, कञ्चनपुरमा ६९, दार्चुलामा २५, बैतडीमा १६, बाजुरामा १५ र डडेल्धुरामा दुईजना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।