
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसी पहिरो घटनामा वेपत्ता भएका युवकको शव भेटिएको छ । गत असार १९ गते राती १२ बजे घर बाहिर पानी एकातर्फ लगाइरहेका बेला एक्कसी आएको पहिरोले बेपत्ता बनाएका २१ वर्षिय गिरी जेठारा शव आइतबार फेला परेको हो ।

उनको शव स्थानीय लोक बहादुर जेठाराको घर पछाडी पुरिएको अवस्थामा फेला परेको विपद व्यवस्थापन समिति केदारस्युँ ८ मल्लेसीका सुरेश जेठाराले बताए ।
उनका अनुसार स्थानीय लोक जेठाराले घर वरिपरि पसेको ढुङ्गा माटो हटाएर घर सफा गर्ने क्रममा आइतबार दिउँसो शव भेटिएको हो । शव भेटिएपछि प्रहरी एक टोली त्यसतर्फ खटिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/05/27, 6:43