
लकडाउन जेठ २० गतेसम्म लम्बिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोनाकाे कारण दुई सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेकोले सङ्क्रमण रोक्न लकडाउनलाई निरन्तरता दिनुपर्ने समितिको सुझाव थियो । आइतबार नै बसेको समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो ।
सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो पटक चैत २५ गतेसम्म, फेरि थपेर वैशाख ३ गतेसम्म, त्यसपछि वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ गतेसम्म र पछिलो पटक जेठ ५ गतेसम्म लकडाउन थपिएको थियो ।

नेपालमा अहिलेसम्म दुई सय ९५ जनामा सङ्क्रमण पुष्टि भएकाेमा ३६ जना उपचारपछि निकाे भएका छन् ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39