
सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकामा पुन संक्रमण देखिएको छ। कुनै लक्षण नदेखिएका र १४ दिन क्वारेन्टाइन बसाईपछि घर फर्केकाहरुमा पनि कोरोना देखिन थालेको हो।

यस्ता संक्रमितलाई सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले निको भएका संक्रमित बताउँदै आएकोमा अहिले आएर केहीमा फेरी संक्रमण देखिएको हो।
जिल्लाको सुर्नया गाउँपालिका वडा नम्वर ७ का दुईजनामा पुनः कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए।

पुनः संक्रमण देखिएका नागरिकका सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी स्वाब संकलन गर्ने तयारी भईरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19