शुक्रबार देशका केही स्थानमा बदली भई हल्कादेखी मध्यम पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेको छ । कैलाली सहित सुदूरपश्चिमका केही भागमा अहिले बर्ष भइरहेको छ ।
आज दिउँसोपछि देशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम विभागका अनुसार बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ र कर्णाली प्रदेशकाका केही स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
भोली दिउसो पनि सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना छ भने राति पनि भारी बर्षा हुने विभागले पूर्वानुमान गरेको छ। देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले छ।
अबको २४ घण्टामा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।