बझाङमा वडा कार्यालय पहिरोले भत्कायो
2020/08/14, 6:48
 
badi

बझाङको थलारा गाँउपालिका वडा नम्बर ६ पिखेत नुवाघरमा रहेको वडा कार्यालय पहिरोले भत्काएको छ। बर्षाका कारण वडा कार्यालयमाथि भिरालो जमिन खसेपछि कार्यालयका दुई कोठामा पूर्ण क्षती भएको छ भने छत पनि भत्किएको छ।

वडा कार्यालयको नयाँ निर्माण भएको उक्त भवनमा सरेको एक महिना मात्रै भएको वडा अध्यक्ष अनिल विष्टले बताए।