
डडेल्धुरामा जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ बेलापुरमा से १ ज ८१२ नम्बर जिप दुर्घटना हुँदा १० जना घाईते भएका हुन्। घाईते मध्ये ७ जनालाई डडेल्धुरा अस्पतालले डिस्चार्ज गरेको छ भने ३ जना डडेल्धुरा अस्पतालमै उपचारत रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइते हुनेमा नवदुर्गा ४ बस्ने मानबहादुर टमटा, ३ बस्ने किसनसिंह बिष्ट, भवानी भट्ट, बैतडी सिगास ५ बस्ने उपासना बिक, सिगास ८ बस्ने दया बिक, नवदुर्गा ४ बस्ने अमृत बोहरा, आदर्श बोहरा, कलावती बोहरा, चन्द्रसिंह भण्डारी, र बैतडी सिगास ५ ढंगाड बस्ने वर्ष ३१ की धना बिक घाईतेको डडेल्धुरा प्रहरीले जनाएको छ।
डडेल्धुराबाट बेलापुरतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई रोड भन्दा अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। चालक प्रहरीको नियन्त्रणमा छन्।
