भन्सार छली गरी ल्याईएको दुई लाख बराबरको सामान बरामद
2020/08/17, 8:30
 
baramad

भन्सार छली गरी ल्याईएको दुई लाख बढिको सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याईएको सामाना बरामद गरेको हो।

धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा वेवारिसे  अवस्थामा ३५ हजार बराबरको चार बोरा सुपर पावर सुर्ती,  वडा नम्बर ७ बाट से १ ह २२८७ नम्बरको अटो रिक्साबाट चार बोरा बिडि बरामद गरिएको छ। 

यस्तै  एक बोरा सुपर पावर सुर्ती, दुई बोरा प्लाष्टिकको झोला गरी एक लाख ४५ हजार र टीकापुर नगरपालिका वडा नम्बर ७ को खैरीघाटबाट चार क्विन्टल ५० किलोग्राम केराउ गरी दुई लाख साढे दुई हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयलाई बुझाईएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।