कोरानाको जोखीमका बिच घर घरमा पुगेर स्वास्थ्य सेवा दिदै चिकित्सक
2020/08/17, 6:36
 
corona

कोरोनाको जोखीमको  समयमा बझाङको थलारा गाउँपालिकाका चिकित्सकहरु घर घर गएर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । फागुन १५ यता भारतबाट आएकाहरुलाई सेल्फक्वारेन्टाइनमा राखेर चिकित्सकले स्वास्थ्य परीक्षणगर्ने गरेकाछन् ।

थलारा गाउँपालिकाकाभित्रका ९ वटा स्वास्थ्य संस्थाहरुले नियमित रुपमा स्वास्थ्य संस्थाबाट नै स्वास्थ्य सेवा दिइरहेका छन् । स्वास्थ्य संस्थामा आउन नसक्ने बिरामीहरुलाई चिकित्सकको टोली घरमा नै पुगेर स्वास्थ्य सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । ‘त्यस्ता बिरामीलाई औषधि पनि निशुल्क रुपमा दिने गरेका छौं ।’ उनले भने ।

3

उक्त गाउँपालिका स्वास्थ्य संस्थाहरुले लकडाउनको समयमा २१ सयलाई स्वास्थ्य सेवा दिएको  बताए । १ सय ७५ जना बिरामीलाई घरमा नै पुगेर चिकित्सकले सेवा दिएका छन् । विभिन्न काममा विदेश गएका फागुन १५ गते पछि गाउँ आएकाको संख्या १ हजार ७ सय ५० रहेका छ ।

उनीहरु सेल्फ क्वारेन्टाइनमा छन् । थलारा गाउँपालिकाले प्रत्येक वडामा पाँच बेडको क्वारेन्टाइन तयार पारिसकेको छ, गाउँपालिका भरि ४५  बेडको क्वारेन्टाइन तयार पारिएको स्वास्थ्य संयोजक पदम ओलीले जानकारी दिए ।  गाउँपालिका फर्केका १ हजार ४ सय ८७ जनाको आर.डि.टी २सय ८६ जनाको स्वाव परिक्षण गरिएको संयोजकओलीले बताए ।

गाउँपालिका भरि कोरोना संक्रमितको संख्या १६ रहेको उनले बताए । अहिले सबै जना सक्रमितको भएर घर गई सकेको छन्, अहिले उनहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेकाछन् । थलारा गाउँपालिकाले यो भन्दा पहिला जेष्ठ नागरिकलाई घर,घरमा स्वास्थ्य कार्यक्रम संचालनमा ल्याई घर घरमा गई बृद्ध बृद्धको स्वास्थ्य परिक्षणगर्न गरेको थियो ।