
डडेल्धुरामा आंशिक निषेधाज्ञा सुरु हुने भएको छ। जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुने गरी जिल्लालाई एक साता बढी आंशिक निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरूबाहेक सम्पूर्ण पसलहरू बिहीबारदेखि भदौ १२ गतेसम्मका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै संचालन गर्न पाउने छन्।
बजार क्षेत्रमा रहेको मानिसहरूको चहलपहल र भीडभाडलाई कम गर्न जिल्लामा संचातिल हुने मोटरसाइकलहरूलाई बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54