नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे सोमबार एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।
पछिल्लो रिपोर्ट अनुसार सबैभन्दा धेरै १२ जना बाँकेको रैनापुरका पुरुष रहेका छन् । त्यस्तै धनुषाका दुई जना पुरुष, खोटाङ हलेसीका एक जना पुरुष, दैलेख आठबिस-१ का एक पुरुष, सुनसरीका एक पुरुष र झापाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
दैलेखमा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै सोमबार पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना देखिएको छ ।
2024/05/19, 1:45
2024/05/19, 1:43
2024/05/19, 1:40
2024/05/19, 1:38
2024/05/19, 1:26
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/08/20, 11:07
2020/09/17, 9:38
2022/10/23, 12:25