२४ घण्टामा सुदूरपश्चिमका प्रयोगशालामा १७२२ जनाको कोरोना परीक्षण
2020/08/26, 8:45
 
corona

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन प्रयोगशालामा एक हजार ७ सय २२ जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ९८१ जना, डडेल्धुरा अस्पतालमा ६५० जना र डोटी अस्पतालमा ९१ जनाको कोरोना परीक्षण भएको बताइएको छ।   सुदूरपश्चिमा हालसम्म ५६ हजार बढीको कोरोना परीक्षण भएको प्रदेशको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।