सुदूरपश्चिमका ४७७५ जना संक्रमितले कोरोना जिते, ७२४ जना एक्टिभ केस
2020/08/27, 7:44
 
corona

सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार सात सय ७५ पुगेको छ ।  सुदूरपश्चिममा कोरोना मुक्त भएर थप एक सय ८६ जना डिस्चार्ज भएपछि कोरोना मुक्त हुनेको संख्या वढेको हो । प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो ।

वुधबार डोटीबाट एक सय ६३, सेती प्रादेशिक अस्पतालबाट चार जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

अछामका सात सय १३, डोटीका सात सय ४३, कञ्चनपुरका ६ सय चार र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।  बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ८० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात सक्रिय संक्रमित सात सय २४ रहेका छन् ।

संक्रमण पुष्टि भएका र लक्षण देखिएका ९९ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । टीकापुर अस्पतालमा ३२, महाकाली अस्पतालमा ३१, सेती प्रादेशिक अस्पतालमा २२, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई दुई जना संक्रमितको उपचार भईरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन् ।