सुदूरपश्चिमका ४७९१ कोरोना संक्रमित निको, ७४४ जना सक्रिय संक्रमित, ९३ जनाको अस्पतालमा उपचार हुदैं
2020/08/28, 7:53
 
corona

सुदूरपश्चिममा कोरोना मुक्त भएर थप १६ जना डिस्चार्ज भएका छन् । प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट उनीहरुलाई कोरोना जितेको भन्दै घर पठाइएको हो । डोटीबाट १५ र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको संख्या चार हजार सात सय ९१ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार तीन सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन् । अछामका सात सय १३, डोटीका सात सय ५८, कञ्चनपुरका ६ सय पाँच र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट दुई सय ८० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित सात सय ४४ रहेका छन् । संक्रमण पुष्टि भएका र लक्षण देखिएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

टीकापुर अस्पतालमा ३४, महाकाली अस्पतालमा २४, सेती प्रादेशिक अस्पतालमा २४, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुईरदुई जना संक्रमितको उपचार भईरहेको छ ।  अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन् ।