सुशान्त राजपुतकी प्रेमिका रिया चक्रवर्तीको लागूऔषध आपूर्तिकर्तासँग साँठगाँठ
2020/08/29, 2:05
 
riya

बलिउड नायिका रिया चक्रवर्ती सुशान्त हत्या प्रकरणदेखि विवादमा पर्दै गएकी छिन् । अनुसन्धानको क्रमममा उनी ड्रग डिलरसंग संलग्न रहेको विषय चर्चामा छ । लागू पर्दाथ नियन्त्रण ब्यूरोले रियालाई ड्रग डिलिङमा संलग्न भएको कारण उनीमाथि जाँचको प्रक्रिया शुरु गरेको छ । रियासँग ड्रग केसमा संलग्न रहेका तीन शंकास्पद व्यक्ति समेतलाई प्रहरीले नजर राखीरहेको छ ।

लागू पर्दाथ ड्रग र साइकोट्रोपिक सब्स्टान्स ऐन अन्तरगत उनीहरुमाथि कारवाही गरिने बुझिएको छ । उनीहरुले गाँजाको घुलोलाई प्रति ग्राम पाँच हजार रुपैयाँ सम्म बेच्ने गर्दथे । रियासँग यस पेशामा संलग्न रहेको दूई अभियुक्तलाई प्रहरीले शनिबार हिरासतमा लिने भएको छ । रिया तत्काल सुशान्त सिंह राजपुत हत्या प्रकरणमा समेत मुछिएकी छिन् । हिरासतमा लिइने दुई अभियुक्तलाई प्रंहरीले सोधपुछ गर्ने र नायिका रियाको ड्रग केससंगको नाताबारे बयान लिने भएको जनाइएको छ । यसै विषयलाई लिएर रियाका बकिलले बयान जारी गर्दै भनेका छन्, ‘रियाले कहिले लागु पर्दाथ सेवन गरेकी छैन्न । उनले कुनै बेलापनि आफ्नो रगत परिक्षण गर्ने सक्ने छिन् ।’

सप्लाई भएको गाँजाको धुलो अमेरिकाको क्यालिफर्नियाबाट आयात गरिएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । रियाले ड्रग सम्बन्धीत ह््वाट्स एपका सन्देशहरु मेटाएको(डिलिट) गरेकी थिइन् । उक्त विषयले रियालाई विवादमा पारेको थियो । उनको सो सन्देश अनुसन्धानको क्रममा रिकभर गरिएको जनाइएको छ भने उनले ड्रग डिलरसंगको कुराकानीलाई समेत ब्युरोले पत्ता लगाइसकेको छ । यस विषयलाई मध्ये नजर राखी नारकोटीक ब्यूरोले एफआइआर दर्ता गरेको छ । कुराकानी रियासंग सुशान्त राजपुत केसको रकम मागिरहेको र उनलाई गोवा बोलाएको स्पष्ट भएको देखिन्छ । सम्पूर्ण विषयलाई लिइ ब्यूरोले रिया र उनको भाई स्वयिकलाई करिब १० घण्टासम्म पुछताछ गरेका थिए । अनुसन्धानको प्रक्रिया भने जारी रहेको छ । यस विषयमा अन्य अभियुक्तको समेत बयान प्रहरीले लिइरहेको छ ।