
शनिबार डडेल्धुरामा एक वृद्धको बेवारिसे शव फेला परेको छ। जिल्लाको अमरगढी नगरपालिका ७ को सल्ला गाउँमा अन्दाजी ६० वर्षका वृद्धको शव फेला परेको डडेल्धुरा प्रहरीले जानकारी दिएको छ।

कालो टोपी लगाएको कपाल फुलेको देखिने वृद्धको सडेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। घाँस काट्न गएका स्थानीय महिलाले अपरिचित वृद्धको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
चिकित्सक सहितको प्रहरीको टोलीले शवलाई पोस्टमार्टमका लागि अस्पताल डडेल्धुरा ल्याएको डिएसपी न्यौपानेले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26