सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५८८१ पुग्यो, ४८४० जनाले कोरोना जिते 
2020/08/30, 7:31
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ८१ पुगेको छ । शनिबार ६४ जना थपिएसँगै संक्रमितको संख्या पाँच हजार आठ सय तीन पुगेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा एक हजार ६ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीपछि डोटीमा नौ सय ११ जना र अछाममा आठ सय ८१ संक्रमित रहेका छन् । यसैगरी कञ्चनपुरमा ६ सय ७६ जना, बाजुरामा चार सय ५२ जना, बैतडीमा तीन सय ६९, बझाङमा तीन सय २३, डडेल्धुरामा तीन सय १६ र दार्चुलामा ४६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सबैभन्दा बढि संक्रमित रहेको कैलालीमा सक्रिय संक्रमितको संख्या समेत अधिक छ । कैलालीमा तीन सय ४७ जना संक्रिय संक्रमित रहेका छन् । यसैगरी सुदूरपश्चिमका चार हजार आठ सय बढिले कोरोना जितेका छन् । शनिबार मात्र डोटीका १४ जना संक्रमण मुक्त भएको दावी गरिएको छ। यो सँगै डिस्चार्ज हुनेको संख्या चार हजार आठ सय ४० जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।