२४ घण्टामा सुदूरपश्चिममा थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १९ जना र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जना गरी कूल २६ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ९ जना, वडा नम्बर ३ र १ का २/२ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कैलालीकै लम्किचुहा नगरपालिका –१०, बर्दगोरीया गाउँपालिका –२, जानकी गाउँपालिका –३ का एक/एक जनामा कोरोना संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका –१८ का एक जना र कञ्चनपुरकै बेदकोट नगरपालिकाका एक जनामा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६ सय ९३ जनाको परीक्षण गरिएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ५ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार डोटीको आर्दश गाउँपालिका –३ का २ जना, अछामको मंगलसेन नगरपालिका –१ का ३ जना, मंगलसेनकै वडा नम्बर ४ र ८ का एकरएक जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २९ पुगेको छ।