सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या सात सय ८९ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या सात सय ८९ रहेको हो । निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा तीन सय ७१ जना संक्रिय संक्रमित रहेका छन् । डोटीमा एक सय सात, अछाममा ९०, बझाङमा ८८ र कञ्चनपुरमा ५४ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
बैतडीमा ४७, डडेल्धुरामा १७, बाजुरामा ८ र दार्चुलामा सात जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । संक्रिय संक्रमित मध्ये ९२ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा २९, टीकापुर अस्पतालमा २८, महाकाली अस्पतालमा २१, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई÷दुई जना संक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।
कैलालीका ९५, अछामका १५, डडेल्धुराका ११ र डोटीका नौ गरी एक सय ३३ जना संक्रमित भने आफ्नै घरमा रहेका छन् । अन्य संक्रमितलाई स्थानीय तहले बनाएको आईसोलेसनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका चार हजार नौ सय ७९ जनाले कोरोना जितेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३८ जना निको भएर घर फर्किएका छन् । डोटीका आठ सय १६, अछामका पनि आठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।