सुदूरपश्चिमबाट केन्द्रिय कारागार पठाइएका कैदीको कोरोना संक्रमणबाट मृत्यु
2020/09/01, 4:03
एक जना कैदीको कारोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा लगिएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो।
उनमा क्षयरोग थियो भने मानसिक समस्या थियो। उनको यसअघि पाटन अस्पतालमा उपचार भइरहेको थियो भने मेगा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए।
१० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो। चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
उनलाई कञ्चनपुरबाट कहिले पठाइएको थियो भन्ने बारेमा खुलेको छैन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले सो बारेमा बुझ्ने बताए।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2023/02/08, 5:31
2021/02/22, 3:51
2021/09/23, 12:47
2021/01/11, 7:28