मंगलवार एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा आज एक सय एक जनामा संक्रमण पुष्टि भएको हो।
तीन वटै प्रयोगशालामा भएको परीक्षणमा बझाङका ३८, डोटीका २४, अछामका १२, कैलालीका ११, बैतडीका ११, कञ्चनपुरका तीन, डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ८ महिला र ६ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ११ र कञ्चपुरका तीन जनामा संक्रमण पुष्टि भएको बताए।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जना, कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का तीन जना, वडा नम्वर ६, १२ र १९ का एक/एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। कैलालीको गोदावरी नगरपालिकाका चार र गौरीगंगा नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको केदास्यूँ गाउँपालिकाका १६ जना, बुङ्गल नगरपालिकाका १४ जना, थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो।
यस्तै बैतडीको शिगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी अछामको पञ्चदेव विनायक नगरपालिकाका ५ जना र डडेल्धुराको गन्यापुधुरा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज भूषालले बताए।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २४ र अछामका सात जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्वर २ सुल्लेखका २१ पुरुष, शिखर नगरपालिका वडा नम्वर १ का दुई पुरुष र केआईसिंह गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
अछामको रामारोशन गाउँपालिकका दुई महिला र दुई पुरुष गरी चार जना, बान्नीगढी जयगढ गाउँपालिकाका दुई पुरुष र वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार ३० पुगेको छ। संक्रमण पुष्टि भएका झण्डै पाँच हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भईसकेको छ।