सुदूरपश्चिममा ८८४ जना संक्रिय संक्रमित, ९४ जना अस्पतालमा, ५ हजारले कोरोना जिते
2020/09/02, 7:46
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ८ सय ८४  रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङक अनुसार प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या ८ सय ८४ रहेको जनाएको हो । निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा तीन सय ८१ जना संक्रिय संक्रमित अर्थात एक्टिभ केस रहेका छन् ।

डोटीमा एक सय २९, बझाङमा एक सय २६, अछाममा एक सय दुई र कञ्चनपुरमा ५७ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । बैतडीमा ५५, डडेल्धुरामा १९, बाजुरामा ८ र दार्चुलामा सात जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । संक्रिय संक्रमित मध्ये ९४ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।

टीकापुर अस्पतालमा ३०, सेती प्रादेशिक अस्पतालमा २९, महाकाली अस्पतालमा २१, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई÷दुई जना संक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ । कैलालीका एक सय चार, अछामका १५, डडेल्धुराका ११ र कञ्चनपुरका चार गरी एक सय ३८ जना संक्रमित भने आफ्नै घरमा रहेका छन् ।

अन्य संक्रमितलाई स्थानीय तहले बनाएको आईसोलेसनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका झण्डै पाँच हजारले कोरोना जितेका छन । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३९ जना निको भएर घर फर्किएका छन् ।

यस्तै डोटीका आँठ सय १८, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।