बैंकमा सहायक हुदैं प्रदेश प्रबन्धकसम्मको सानदार उडान
2020/09/04, 10:09
 
satish singh

सीताराम ओझा- नाम सतिश प्रताप सिंह । पेशा बैंकर्स । पद एभरेष्ट वैंकको सुदुरपश्चिम प्रदेश प्रबन्धक । उमेर ४७ बर्ष । पारिवारिक पृष्ठभुमी सफल बैंकर्स बुबाका सफल बैंकर्स छोरा । अर्थात कृषि विकास बैंकलाई नयाँ उचाईमा पुराउने चक्रबहादुर सिंहका छोरा सतिश सिंह ।

1

उनको परिचयमा बुबाको नाम जोड्न जरुरी छैन् । उनको नामै काफी छ । एभरेष्ट वैंकमा दुई दशकदेखि कार्यरत रहँदा उनले गरेको कामले नै नाम बनिसकेको छ । बैंकिङ क्षेत्रमा प्रवेश गरेको पनि २४ बर्ष भईसक्यो उनको । अव वैंकिङ क्षेत्रमा काम थालेकोे रजत जयन्ती मनाउने समय भईसकेको छ । त्यसमा पनि एउटै बैंकमा उनले जीवनका दुई दशक विताएका छन् । 

1

नविल बैंकमा सहायक पदमा सुरु गरेको बैकिङ करियर हाल एभरेष्ट वैंकको सुदुरपश्चिम प्रदेश प्रबन्धकसम्म पुगेको छ । एभरेष्टका माथिल्ला खुडकिलाहरु चढ्न अझै बाँकी छ । उनको काम गर्ने शैली, लगनसिलता, मेहनत र निरन्तरताले उनी सफलता प्राप्त गरिरहेका छन् । आफ्ना बुबाले सरकारी बैंक हाक्दा उनी अहिले निजि बैंक हाकिरहेका छन् । त्यो पनि आफ्नै बलबुता र मेहनतमा ।

4

२३ बर्षको कलिलो उमेरमा बैंक छिरेका उनी अहिले पनि कडा मेहनतका साथ नै अगाडी बढिरहेका छन् । जीवनको नेप्से सुचकमा कुनै गिरावट आएको छैन । उनी थाकेका पनि छैनन् । हारेका पनि छैनन् । नजानेका पनि छैनन् । नपुगेको पनि केही छैन् । तर सतिशले जीवनका ४७ बसन्त पार गर्दा पनि वहार ल्याउन छोडेका  छैनन् ।

2

चैत मासको खण्डरीले भन्दा पनि असोज कार्तिकको हरियालीमय बनाएका छन् एभरेष्ट वैंकलाई । आफ्नो जीवन र परिवारलाई । अनि यो समाजलाई पनि । उनको विशेषता सामाजिक कामका लागि जहिले पनि तत्पर हुनु हो चाहे त्यो बैंकको तर्फबाट होस चाहे त्यो व्यक्तीगत रुपमै किन नहोस् । 

1

२०२९ सालमा जन्मिएका सतिश धनगढीमै जन्मिए । धनगढीमै हुर्किए । माध्यमिक तहसम्मको पढाई धनगढीको ऐश्वर्य विद्या निकेतनबाट पुरा गरे । त्यसपछि कमर्श पढ्नका लागि कैलाली वहुमुखी क्याम्पस पनि भर्ना भए । तर तर २०४६ सालमा प्रजातान्त्रिक आन्दोलन हुन थालेपछि क्याम्पसहरु बन्द भए । पढाई ठप्प भयो ।

2

क्याम्पस कहिले खुल्ने कुनै टुंगो थिएन् । पढाई कहिले हुने हो भनेर भन्न सकिने स्थिति थिएन् । त्यसपछि उनी साथीहरुसँग भारतको देहरादुनतिर लागे । उतैबाट आई.कम र बि.कम. उत्तिर्ण भए । त्यसपछि एमबीए पढ्नका लागि उनी काठमाण्डौं हानिए । त्यही क्रममा नेविल बैंकमा सहायक पदमा जागीर खाए उनले । काठमाण्डौंको एयरपोर्ट, कान्तिपथ र विराटनगरमा झण्डै चार बर्ष काम गरे । सहायकबाट सुरु भएको जागीर सहायकमै सिद्धियो नबिल बैंकमा । 

1

२०५८ सालतिर धनगढीमा एभरेष्ट वैंकले शाखा खोल्ने तयारी गरिरहेको थियो । त्यसका लागि घर खोजिरहेको थियो बैंकले । कृषि विकास वैंकमा कार्यरत भएको नाताले त्यो कुरा उनका बुबा चक्रवहादुर सिंहसम्म आईपुग्यो । खोेजेको जस्तो घर पाउन नसकिएपछि मेनरोडसँग जोडिएको उनको घरको पछाडी थप निर्माण गरेर बैंकको शाखा खोल्ने सहमति भयो । त्यही बेला बुबाले सतिशलाई सुझाएकी कर्मचारी आवश्यकता छ आवेदन दिँदा हुन्छ ।

5

1

उनले बुबाको सल्लाह पछ्याए । नभन्दै सुपरभाईजरमा नाम निस्कियो । २०५८ साल कार्तिक १ गतेदेखि धनगढी शाखाले कारोवार सुरु गरेको दिनदेखि नै सतिशले पनि एभरेष्ट वैंकमा जागीर थालेका हुन् । एउटा संयोग के छ भने धनगढीमा शाखा खुलेको दिनदेखि न त एभरेष्ट बैंक कतै सरेको छ न त सतिशले पनि काम गरेको दिनदेखि अन्य वैंकहरुमा जानेतिर सोचेका छन् । 

1

बैंको पहिलो धनगढी शाखा प्रबन्धक थिए चन्द्रदेव भट्ट । उनीपछि सेकेन्ड म्यान भएर काम गरिरहेका थिए उनी । धनगढीमा डेढ बर्ष काम गरेपछि उनको सरुवा काठमाण्डौंको लाजिम्पाटमा भयो । त्यहाँ पनि झण्डै डेढ बर्ष जति काम गरे । एभरेष्ट वैंकमा काम थालेको तीन बर्षपछि प्रमोसन हुने मौका पाए । शाखा प्रबन्धकमा बढुवा भएसँगै उनलाई वीरगंज पठाईयो । पहिलो शाखा प्रवन्धकको रुपमा वैंकको नेतृत्व लिएको उनले त्यही हो ।

3

2

त्यहाँ पनि डेढ बर्ष काम गरेपछि फेरि उनकै गृह सहर धनगढी पठाईयो शाखा प्रवन्धक बनाएर । शाखा प्रवन्धक भएपछि उनले धनगढी शाखालाई झण्डै चार बर्षसम्म चलाए । त्यही वेला हो सतिशले आफुलाई प्रमाणित गरेर देखाएको । धनगढी देशका अन्य शाखाहरुको तुलनामा कम कारोवार हुने ठाउँ हो । न यहाँ उद्योगधन्धा छन् । न यहाँ धेरै लगानी नै गर्न सकिन्छ । तर त्यसका वावजुत पनि उनले धनगढी शाखालाई एभरेष्ट बैंकको नेपालभरीका शाखा मध्ये उत्कृष्ट शाखा बनाएर देखाई दिए ।

1

2

त्यही प्रभावपछि वैंकले उनलाई पत्याउन थालेको हो । उनको क्षमतामा विश्वास गरेको हो । धनगढी शाखालाई उत्कृष्ट शाखाको रुपमा अवार्ड दिलाएपछि फेरी उनी हानिए काठमाण्डौंतिर नै । बैंकको मुख्य कार्यालयमा साढे चार बर्ष काम गरे । तेस्रो पटक एभरेष्ट धनगढीमा आए उनी ।

1

तीन बर्ष शाखा प्रबन्धक भएर काम गरेपछि फेरि काठमाण्डौं गए उनी । लाजिम्पाट शाखामा काम गरे साढे दुई बर्ष, एक बर्ष काम गरे न्युरोड शाखामा । १४ बर्ष शाखा प्रबन्धकको रुपमा काम गरेर विताए उनले । गत फागुनमा फेरि प्रमोसन पाएर चौथो पटक धनगढी आएका छन् । तर पद बदलिएको छ यसपाली शाखा प्रवन्धक नभएर प्रदेश प्रवन्धक ।  

4

2

1

2

सतिश आफ्नो काममा रमाईरहेका छन् । जागीरलाई माया गरेकोले उनलाई पनि राम्रै गरेको छु जस्तो लाग्छ । एउटै बैंकमा दशकसम्म काम गर्नुको पछाडी बैंकको व्यवस्थापन पक्षले आफुलाई चिनेको ठान्छन् उनी । वृति विकासदेखि सेवा सुविधामा व्यवस्थापनले कन्जुस्याई नगरेकै कारण उनको मनमा अन्त कतै जाउ भन्ने सोच समेत आएन् ।

1

बैकिङ क्षेत्रमा लागेर मान सम्मान पाईएको महसुस गर्छन उनी । अनि गुमाईएको केही पनि छैन रे । कुनै एक समय बुबा र छोरा बैंकका शाखा व्यवस्थापक पनि थिए । त्यसले केही समस्या भएन ? प्रश्न झर्न नपाउँदै उनले भनिहाले मेरो फोकस ग्रुप फरक थियो, बुबाको फरक केही पनि असर भएन् । 

1

सुदुरपश्चिमको बजार सानो छ । खरिद विक्रीकै भरमा बैंकिङ कारोवार केन्द्रित छ । कृषि र पशुपालन क्षेत्रमा राम्रो सम्भावना देख्छन् उनी । यसै क्षेत्रमा बैंकहरुले लगानी गरेमा आर्थिक कारोवार वृद्धि हुने देख्छन् उनी । बैंकर्स क्लब धनगढीको अध्यक्ष भएका उनी सामाजिक कार्यहरुमा पनि सक्रिय रहेका छन् । लायन्स क्लबको सदस्य रहेका छन् । बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत शारदा मावि, गेटा आँखा अस्पताल लगायतका स्थानहरुमा सार्वजनिक धारा, सौचालय आदि निर्माण पनि गरिरसकेका छन् । 

4

2

पारिवारिक कुरा गर्दा एक छोरा एक छोरी छन् उनको । श्रीमति मर्यादा शाह फरक क्षमता भएका बहिराहरुलाई सक्षम बनाउने अभियानमा सक्रिय छिन् । पश्चिम महिला जागरण समाज नाम संस्थाहरुबाट बहिराहरुलाई तालिम दिएर उनीहरुलाई धनगढीका विभिन्न होटेलहरुमा रोजगारी दिलाउने काम उनकी श्रीमति मर्यादाले गरेकी हुन् ।

2

सतिश र मर्र्यादा वैवाहिक जीवनमा वाँधिएको २० बर्ष पुगिसकेको छ । सतिशको घरमा सवैभन्दा जेठी दिदी त्यसपछि उनी र त्यसपछि उनका दुई भाईहरु छन् । त्यसमा तीन भाई तीनतिर छन् । एक भाई सेनामा हुँदा अर्को भाई अष्ट्रेलिया छ । कम वोल्ने बोल्नै परे मिठो वोल्ने, नरम स्वभाव र दुरगामी बैकिङ दृष्टिकोणले आफ्नो क्षेत्रमा छुट्टै छवि बनाएका छन् उनले । आगामी दिनमा पनि सफलताको शुभकामना ।  

2