अब डडेल्धुरा अस्पतालले विशेष परिस्थितिमा एक घण्टामै पिसीआर रिपोर्ट दिने
2020/09/04, 4:26

डडेल्धुरा अस्पतालमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालामा एक घण्टामै कोरोना भाइरसको संक्रमण परीक्षण हुने भएको छ। ल्याबमा ‘एक्सपर्ट एक्सप्रेस’ विधिबाट एक घण्टामै कोरोनाको रिपोर्ट आउने प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले बताए।

‘कुनै मृतकको अथवा गम्भिर घाइते भएका बिरामीको कोरोना परीक्षण गर्नुपरे उक्त विधि प्रयोग गरिन्छ’ उनले भने, ‘यो सुविधा सुदूरपश्चिममा अन्त कतै छैन, हामी स्वाब नमूना पुगेको एक घण्टामै रिपोर्ट दिन सक्छौ ।’ उक्त मेसिनबाट हालसम्म मृतक र गम्भिर बिरामी गरी ७ जनाको परीक्षण भएको प्रयोगशाला इन्चार्ज भुसालले बताए।
डडेल्धुरा अस्पतालले उक्त सुविधा सुरु गरेपश्चात मृतकका आफन्तलाई अन्तिम संस्कार गर्न तथा गम्भिर बिरामीको शल्यक्रिया गर्न चिकित्सकलाई सहज हुने भएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09