विद्युत प्राधिकरणमा कुलमानलाई पुर्ननियुक्ति गर्न माग गर्दै राँके जुलुस प्रदर्शन
2020/09/13, 9:53

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि पनि कुलमान घिसिङ नै हुनुपर्ने माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ, डडेल्धुराले ’उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः नियुक्त गर्न सरकारलाई दबाब दिने उद्देश्यले डडेल्धुरा सदरमुकाममा आइतबार साँझ राँके जुलुस निकालेको हो ।

’नेपाली जनता के भन्छ, कुलमान घिसिङ ल्याऔं भन्छ’, ’अरु आए अन्धकार, कुलमान आए चमत्कार’ लगायतका नारा लगाउदै नेवि संघ डडेल्धुराले प्रर्दशन गरेको हो । राँके जुलुस निकालेको केही समयमा नै प्रहरीले रोकेको थियो ।
प्रदर्शनपछि भीमदत्त चोकमा कोणसभा गरिएको छ । कोणसभामा बोल्दै नेवि संघका नेता जगत ऐरले कुलमान घिसिङ पुनः नियुक्त नभए नेवि संघ डडेल्धुरा थप आन्दोलित हुने बताए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/02/28, 11:54
2023/03/23, 1:43