सफल बैंकर बुबाका बैंकर छोरा
2020/09/19, 12:44
 
dharma bist

सीताराम ओझा- धरम विष्ट, नाम सुन्ने वित्तिक्कै उनलाई नचिन्ने धनगढीमा सायदै कम होलान् । चाहे बैंकरहरु हुन्, चाहे व्यापारी । चाहे अरु नै किन नहुन् । प्रायः सधैं हासीखुशी देखिने र अरुलाई पनि हसाउन माहिर छन् उनी । तनाव पिडा र दुःखमा कहिल्यै हुदैनन् । हाँसी खुशी जिउनुपर्छ भन्ने मान्यता राख्छन् उनी ।

1

1

आफु जस्तै बैंकर क्लब धनगढीलाई पनि हाकिरहेका छन् उनी विन्दास पारामा । उनी अहिले बैकर्स क्लब धनगढीका अध्यक्ष हुन् । उनले आफ्नो कार्यकालमा धेरै कामहरु गरेका छन् । बैंकर्स क्लब मार्फत विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु भएका छन् ।

2

बैंकर भएर काम थालेको १७ बर्ष वितिसकेको उनको । सहायक पदबाट सुरु गरेको करियर अहिले शाखा प्रबन्धकसम्म पुगेको छ । सनराईज बैंक धनगढी शाखाका प्रबन्धक हुन उनी । उनको शाखा देशभरका उत्कृष्ट शाखाभित्र पर्छ । उत्कृष्ट शाखाका रुपमा बनाउन मेहनत र परिश्रम गरेका छन् उनले । उनी शाखा प्रबन्धक भएको धनगढी शाखाले चार अर्ब बढी लगानी गरेको छ । 

1

2

बैंकिङ क्षेत्रमा लागेर खुशी नै छन् उनी । राम्रा राम्रा मान्छेहरुसँग चिनजान भएको छ उनको । पिआर बनाएका छन् राम्रो । निजि क्षेत्रको बैंकमा काम गर्दा कम जनशक्तीमा पनि बढी काम गर्ने बानीको विकास भएको छ उनमा । ईमान्दारिता र सही व्यवहारलाई उनी सफलताको सुत्र मान्छन् । उनलाई बैंकको माथिल्लो तहमा पुगेर सिईओ बन्ने लक्ष्य छैन् । बैंकमा काम गरेर आफ्नो नाम सुन्ने वित्तिक्कै खुशी होउन् भन्ने चाहना छ धरमको । बैंकमा लागेर घर परिवारलाई समय दिन नपाएकोमा कहिले काही दिग्दार मान्छन् ।

1

घर परिवारका सदस्य र बुबा आमाहरुसँग दिन कटाउने उनको चाहना अझैं पुरा हुन सकेको छैन् उनको । बुबा आमा महेन्द्रनगरबाट काठमाण्डौं बसिरहेका छन् । आफु र श्रीमति दुई छोरीसँग धनगढीमा छन् । श्रीमति व्यवसायी बनेकी छिन् । धनगढीमा उनले म्याजिक ह्याण्ड नामक बुटिक चलाईरहेकी छिन् ।

2

2

उनी धनगढी शाखा प्रबन्धक भएर जिम्मेवारी निभाईरहेका छन् । उनका बुबा मोहन सिंह बिष्ट पनि जमानाका सफल बैंकर थिए । राष्ट्रिय वाणिज्य बैंकमा रिटायर्ड जीवन काठमाण्डौंमा विताईरहेका छन बुबाले । उनी पनि सफल बैंकर बुबाका पाईला पछ्याउँदै बैकिङ क्षेत्रमा नै आफ्नो उचाई बनाईरहेका छन् । 

1

2

4

पछिल्लो साढे तीन बर्षदेखि उनी धनगढी शाखालाई हाकिरहेका छन् । तर उनको बैकिङ करियरको सुरुवात भने सिद्धार्थ बैंकबाट भएको थियो । काठमाण्डौंमा त्रिभुवन विश्व विद्यालयबाट एमबीएस पास गरेपछि उनले बैंकतिर पाईला चाले । सिद्धार्थ बैंकमा जागीर खुलेको विज्ञापन देखे । आवेदन दिए । पास भए ।

2

1

2

पहिलो पोष्टिङ भयो । वीरगंज सहायक पदमा । झण्डैं तीन बर्ष वीरगंजमा काम गरे उनले । बीरगंजपछि उनको सरुवा काठमाण्डौं भयो । काठमाण्डौंमा पनि झण्डै दुई बर्ष काम गरे उनले । पद थियो कर्जा सहायक ।

2

1

4

सिद्धार्थ बैंकको महेन्द्रनगर शाखा खुल्ने भयो । उनी महेन्द्रनगरकै वासिन्दा भएका कारण उनलाई शाखा प्रबन्धकको रुपमा कञ्चनपुर पठाईयो । महेन्द्रनगर शाखा प्रबन्धकको रुपमा दुई बर्ष काम गरेपछि उनी चितवनको नारायणघाट गए । त्यहाँ एक बर्ष काम गरे ।

1

2

2

त्यसपछि उनी धनगढीको शाखा प्रबन्धक भएर मेघा बैंकमा गए । चार बर्ष धनगढीमा शाखा प्रबन्धक भएर काम गरे । मेघा बैंकपछि सनराईजमा बैंकमा काम थालेकोमा उनी अहिले पनि त्यही बैंकमा निरन्तर काम गरिरहेका छन् । आफ्नो क्षमता देखाईरहेका छन् । 

2

2

4

वीरगंजमा काम गर्ने क्रममै उनी बैवाहिक जीवनमा बाँधिए । द्धन्द्धकालको समयमा २०६२ सालमा पुनम खड्कासँग विवाह गरे । खड्का वीरगंजमा आईएसी पढ्दै जागीर पनि गर्थिन् । त्यही वेला चिनजान र देखादेख भएको थियो धरमको पुनमसँग । अहिले दुई छोरीसँगै बुटिक व्यवसायमा धनगढीमा जमिरहेकी छिन् पुनम पनि ।

4

2

4

धरम रहरले बैंकर बनेका हुन् । घर परिवारका सदस्यहरुले भने उनलाई डाक्टर ईन्जिनियर बनाउन खोजेका थिए । घर परिवारको मन राख्नका लागि उनले विज्ञान पनि पढे । महेन्द्रनगर घर भएपनि उनको वाल्यकाल धनगढीमै वितेको थियो । बुबा बैंकको म्यानेजर भएका कारण उनी धनगढीमै पढे ।

4

ऐश्वर्य विद्या निकेतनमा चारसम्म पढेपछि महेन्द्रनगर लागे । बैजनाथ माविबाट एसएलसी दिए । उनको पालामा साईन्सको लहर थियो । आईएसीमा भर्ना भए । साईन्स पढ्न उनलाई राम्रो लागेन् । प्लस टु को दोस्रो बर्षमा उनी फेल पनि भए । मन नलागेको विषय पढाएकोले यसतर्फ उनको रुचि नै थिएन । तर पछि आईएसी पास गरे ।

2

4

2

3

त्यसपछि उनको मन बदलियो । काठमाण्डौं लागेर पिपल्स क्इाम्पसमा व्यवस्थापन विषय लिएर स्नातक पढे । त्यसपछि किर्तिपुरबाट एमबीएस पास गरेर बैंकतिर करियर थालेका हुन् । उनको बैंकिङ करियर सफलतातिर गईरहेको छ । आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना । 

4

2

2