बैंकहरुले फेरि सार्वजनिक गरे नयाँ ब्याजदर, अब कुनमा कति ?
2020/09/19, 4:25
 
Bank

बैंक तथा वित्तीय संस्थामा केही समययता अधिक तरलता (पर्याप्त लगानी योग्य रकम) को अवस्था छ । विशेष गरेर चैत यता बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएको हो । यससँगै निक्षेप र कर्जाको ब्याजदर बैंकहरुले धमाधम घटाउन थालेका हुन् । यसैक्रममा बैंक तथा वित्तीय संस्थाले बिहीबार असोज १ गतेबाट लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।


केन्द्रीय बैंकले केही दिन पहिलेमात्रै बैंक तथा वित्तीय संस्थालाई प्रत्येक महिना सुरु हुने अघिल्लो दिन (हरेक महिनाको अन्तिम दिन) अर्को महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार भदौ अन्तिम दिन नै केही बैंक तथा वित्तीय संस्थाले असोज १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हेरौं, कुन–कुन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर ?

 

राष्ट्रिय वाणिज्य बैंक
 

राष्ट्रिय वाणिज्य बैंकले असोज १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६% देखि ७.२५% र संस्थागत मुद्दति निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले असार महिनाको आधार दर ५.८% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ ।

कर्जातर्फ घर कर्जामा न्यूनतम ७.३% देखि अधिकतम ८.८% सम्म ब्याजदर तोकेको छ । घर कर्जामा ५ वर्षसम्मका लागि ७.३% देखि ७.८०% सम्म र १० वर्षका लागि ७.८०% देखि ८.३% सम्म तथा १५ वर्ष अवधिको ८.३% देखि ८.८% सम्म ब्याजदर निर्धारण गरिएको छ । गाडी कर्जामा आधार दरमा बढीमा ३.२५% सम्म, विद्युतीय सवारी साधन कर्जामा १.५०% सम्म प्रिमियम थप हुनेछ । 

 

नबिल बैंक
 

न्बिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.५०% देखि न्यूनतम ५% ब्याजदर रहेको छ । संस्थागत मुद्दति निक्षेपमा अधिकतम ६.६०% र न्यूनतम ६.५०% ब्याजदर निर्धारण भएको छ । यता, बैंकले बचततर्फ न्यूनतम २.५०% देखि अधिकतम ४.५०% सम्म ब्याज दिनेछ । बैंकको साउन मसान्तसम्मको आधार दर ७.१९% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर कर्जामा ५%, घर कर्जा, शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिने भएको छ ।

 

एभरेष्ट बैंक
 

एभरेष्ट बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.२५% र संस्थागतमा ६.५०% ब्याज दिने भएको छ । यता, बचततर्फ न्यूनतम २.५०% देखि ४.५०% सम्म ब्याज पाइनेछ । बैंकले हाल ३० वटा बचत खाता सञ्चालन गरिहेको छ । साउन मसान्तसम्मको आधार दर ७.४८% रहेको छ । एभरेष्टबाट कर्जा लिँदा अधिकतम १२.४८% सम्म ब्याज तिर्नुपर्नेछ । घर कर्जा, गाडी कर्जा र सेयर कर्जा लिँदा १२.४८% ब्याज तिर्नुपर्ने छ । यस्तै शैक्षिक धितोकर्जा, एग्रो लोन लिँदा ११.४८% सम्म ब्याज लाग्ने छ ।

 

नेपाल इन्भेष्टमेन्ट बैंक
 

इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा न्यूनतम ३% देखि अधिकतम ८.२५% सम्म ब्याज पाइन्छ । संस्थागत मुद्दति निक्षेपमा ६.५०% देखि ७.१०% ब्याजदर निर्धारण भएको छ । बैंकको साउन मसान्तसम्मको आधार दर ७.४९% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध हुनेछ । जसअनुसार सेयर कर्जामा (२%–५%), घर कर्जामा (१.५०%–५%), शैक्षिक कर्जामा (२%–५%) प्रिमियम थप गरेर कर्जा दिनेछ ।

 

नेपाल एसबीआई बैंक
 

नेपाल एसबीआई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.२५% र न्यूनतम ६.५०% ब्याज पाइन्छ । संस्थागत मुद्दति निक्षेपमा ६% देखि ६.५०% ब्याज पाइनेछ । यता, बैंकले बचततर्फ न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याज दिने जनाएको छ । यस बैंकको असार मसान्तसम्म आधारदर ९.२५% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जा, घर कर्जा, गाडी र शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

 

हिमालयन बैंक
 

हिमालयन बैंकले निक्षेपतर्फको मात्रै नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ४% देखि ७% र संस्थागततर्फ ३% देखि ५.५०% ब्याज पाइने बताएको छ । यस्तै, बचततर्फ न्यूनतम ०.२५% देखि ४% सम्म ब्याज पाइने छ ।

 

सिभिल बैंक 

 

सिभिल बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.७५% र न्यूनतम ७.७५% ब्याज पाइन्छ । संस्थागत मुद्दतिमा ५% देखि ६.६०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ४% देखि अधिकतम ६% सम्म ब्याजदर दिनेछ । बैंकको साउन मसान्तसम्मको आधार दर ९.५१% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जा, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।

 

एनएमबि बैंक 
 

एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५% र न्यूनतम ५.५०% ब्याज पाइन्छ । संस्थागत मुद्दति निक्षेपमा ७.१०% ब्याज पाइनेछ । यता, बैंकले बचततर्फ न्यूनतम ०.२५% देखि अधिकतम ४.७५% सम्म ब्याज दिने बताएको छ ।

बैंकको असार मसान्तसम्म आधारदर ८.९५% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (२%–५%), घर कर्जामा (२%–५%), गाडी र शैक्षिक कर्जामा (३%–५%)) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।

 

सिद्धार्थ बैंक 
 

सिद्धार्थ बैंकले पनि नयाँब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८% र न्यूनतम ७.२५% ब्याज पाइन्छ । संस्थागत मुद्दतिमा ६.५% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याज दिनेछ । बैंकको असार मसान्तसम्मको आधार दर ९.०३% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जा, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।

 

एनसीसी बैंक

 

एनसीसी बैंकले पनि असोज १ गतेबाट जारी हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.२५% र संस्थागतरुपमा ६.५०% ब्याज दिने भएको छ । यस्तै १ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा ८.२५% दिनेछ । यता, बचततर्फ न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याज दिनेछ । यसले हाल १३ वटा बचत खाता सञ्चालन गरिहेको छ । असार मसान्तसम्मको आधार दर ९.०३% रहेको छ । कर्जा लिँदा ११.०३% देखि १४.०३% सम्म ब्याज तिर्नुपर्ने छ । गाडी कर्जा लिँदा १३.०३% ब्याज लाग्नेछ भने शैक्षिक धितो कर्जा, सरल कर्जा, सेयर धितो कर्जा, घर कर्जा लिँदा अधिकतम १४.०३% सम्म ब्याज तिर्नुपर्ने छ ।

 

मेगा बैंक 
 

मेगा बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.२५% देखि न्यूनतम ६% सम्म ब्याज दिनेछ । संस्थागत मुद्दति निक्षेपमा ६% देखि ७.१०% ब्याजदर निर्धारण भएको छ । यता, बचततर्फ न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याज दिनेछ । बैंकको साउन मसान्तसम्मको आधार दर ८.३०% रहेको छ । यसमा केहीप्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर कर्जामा ४.५%, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।

 

माछापुच्छे् बैंक

माछापुच्छे् बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.२५% र न्यूनतम ७.२५% ब्याज पाइन्छ । संस्थागत मुद्दतिमा ६.५% देखि ७% सम्म ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याज दिनेछ ।  असार मसान्तसम्मको आधार दर ९.२१% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जा, घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।

 

सनराइज बैंक
 

सनराइज बैंकले मद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% देखि ७.७५% सम्म ब्याजदर तोकेको छ भने संस्थागततर्फ ६.५०% देखि ७.३५% सम्म ब्याजदर छ । त्यसैगरी, बचततर्फ न्यूनतम १% देखि अधिकतम ४.५०% सम्म ब्याजदर तोकिएको छ । बैंकले २१ वटा विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ ।

यसको असार मसान्तसम्मको आधार दर ८.९५% छ । बैंकले अधिकांश कर्जामा न्यूनतम १०.९५% देखि अधिकतम १३.९५% सम्म ब्याजदर तोकेको छ । घर कर्जा, सेयर कर्जा, गाडी कर्जामा आधार दरमा थप ५% प्रिमियम थप गर्न पाउने व्यवस्था गरेको छ ।