हुण्डाईको नयाँ क्रेटा सुदूरपश्चिममा बिक्री वितरण सुरु
2020/09/22, 7:01
 
kreta

धनगढीमा पनि हुन्डाइको नयाँ क्रेटाको सुदुरपश्चिममा बिक्री वितरण सुरु भएको छ । नेपालको लागि हुन्डाइ मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘नयाँ क्रेटा दी अल्टिमेट एसयूभि’को ६ वटा संस्करणमा बजारमा ल्याएपछि धनगढीको हुण्डाईको आधिकारिक विक्रेता दिनेश फोरह्वीलले सो गाडीको सुदुरपश्चिममा बिक्री वितरण सुरु गरेको हो । 

‘वर्षौदेखि हुण्डाई क्रेटाले नयाँ स्तरको काम गर्दै आएको छ । नेपालमा पाँच हजार भन्दा बढी प्रयोगकर्ता छन ।’ क्रेटा गाडी सार्वजनिक गर्दै दिनेश फोरह्वील धनगढीका व्यवस्थापक दिपेन्द्र ओझाले भने– ‘नयाँ क्रेटामा अल–न्यू–टु टोनकालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६.०३ सेन्टिमिटरको एचडी इन्फोटेन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्टेरिङ्ग छ । 

साथै माउन्टेड कन्ट्रोल, १७.७८ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटो हेल्दी एयर प्यूरिफायर र स्मुथिङ ब्लु एम्बियन्ट लाइटिङ रहेको छ । सुरक्षाका लागि नयाँ क्रेटामा बलियो बडी संरचनासँगै एएचएसएसका अन्य विभिन्न सुरक्षात्मक विशेषताहरु जस्तैः फ्रन्ट डुअल एयर ब्याग, ड्राइभर रेयर भ्यू मोनिटर, हिल स्टार्ट असिस्ट कन्ट्रोल, भेइकल स्ट्याविलिटी म्यानेज्मेन्ट, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल लगायतका फिचर्स रहेका छन । नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध छ ।

ट्रान्समिसनको अप्सन ६ स्पिडमा रहेको छ । त्यस्तै १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भटर र १.५ पेट्रोल मोटरको लागि आईभिटी अटोम्याटिक रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध छ । कम्पनीले यसको मूल्य ४३ लाख ९६ हजार देखि ६५ लाख ९६ हजारसम्म कायम गरेको छ ।