डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ११ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले बैतडीको पुर्चाीडी नगरपालिकाका नौँ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो।
डडेल्धुराका संक्रमितको भने मृत्यु भईसकेको भूषालले जानकारी दिए। उनलाई भारतमा कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।
2024/11/26, 11:55
2024/11/26, 11:42
2024/11/26, 11:34
2024/11/26, 11:27
2024/11/25, 5:44
2024/11/26, 11:55
2024/11/26, 11:42
2024/11/26, 11:34
2024/11/26, 11:27
2024/11/25, 5:44
2020/06/12, 8:12
2021/07/01, 8:56
2022/03/05, 7:46
2023/03/30, 1:37