बझाङका थप १७ जनमा कोरोना पुष्टि
2020/09/28, 3:10
 
corona

बझाङका थप १७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार जिल्लाको छविसपाथिभेरा गाउँपालिकाका पाँच जना, बुगल नगरपालिकाका दुई जना, मष्टा गाउँपालिकाका चार जना, दुर्गाथली गाउँपालिकाका तीन जना र केदारस्यू गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई सय ५३ जनाको कोरोना परीक्षण गरिएको खड्काले जानकारी दिए ।