
बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका वडा नं २ खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ। जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा २ का २० वर्षीय राजेन्द्र बोहोरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन्।

शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारवाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताएका छन्। मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफ्न्तलाई १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/22, 4:51
2021/12/28, 2:41
2023/01/09, 6:06
2024/11/27, 1:38
2020/07/20, 10:43