एकै बैंकमा रजत बर्षसम्म पुग्ने बैंकर
2020/10/01, 11:25
 
manoj sharma

सीताराम ओझा- मनोजकुमार शर्मा नेपाल एसबीआई बैंकको प्रदेश प्रबन्धक भएर धनगढी बस्न थालेको एक बर्ष वितिसकेको छ । २५ बर्षे बैकिङ करियर उनले एसबीआई बैंकमा विताएका छन् । अर्थात एकै बैंकमा रजत बर्षसम्म पुगेका छन् । बैंकमा जुनियर अफिसरबाट प्रवेश गरेका उनी प्रदेश प्रबन्धकसम्म पुगेका छन् ।

2

2

2

काठमाण्डौंमै जन्मिएका हुर्किएका उनलाई सुदुरपश्चिम रमाईलो लागिरहेको छ । सुदुरपश्चिममा अन्य क्षेत्रहरुमा जस्तो स्कोप देखेका छैनन उनले । मार्केट विस्तारै विस्तारै विकास हुदैं गएको छ । विस्तारै चहलपहल बढ्न थालेको छ । भोलीका दिनमा बैंक तथा वित्तिय संस्थाहरुको धेरै खाँचो पर्ने अनुमान गरेका छन् । 

2

2

2

1

2

बैंकमा काम गर्दा आर्थिक रुपमा केही समस्या नभएपनि पारिवारिक रुपमा समस्या भोग्नुपर्ने उनको अनुभव छ । कहिले कहाँ त कहिले कता जानुपर्ने भएकोले परिवारलाई धेरै समय दिन नसकेको बताउँछन् उनी । छुटिएर बस्नुपर्दा खल्लो महसुस गर्ने गरेका छन उनले । एकै ठाउँमा बस्न नपाउने पिडा त छदै छ ।

2

2

2

2

यसलाई अवसर पनि मान्छन उनी । विभिन्न स्थानहरुमा जाँदा त्यहाँको अवस्था, संस्कृतिसँग भने घुलमिल गर्ने मौका पाएका छन । अहिले काठमाण्डौंमा श्रीमति र एक छोरा, आफु धनगढी र अर्को छोरा अष्ट्रेलिया । तिन तिर छन एकै परिवारका सदस्य । एक छोरा अष्ट्रेलिया पढिरहेका छन् भने अर्को छोरा काठमाण्डौंमै बीबीए पढिरहेका छन् । 

2

2

2

2

शर्माको परिवारमा प्रायः धेरै जना बैंकर छन् । उनका बुबा राष्ट्रिय बाणिज्य बैंकका रिटायर्ड । बैंकको क्षेत्रीय प्रबन्धक भएर अहिले रिटायर्ड लाईफ विताईरहेका छन् । ठुला बुबाका छोरा पनि बैंकर नै । बैंकरहरुको जीवनशैलीबाट प्रभावित भएर उनी पनि बैंकर बनेका । बैंकको मुख्य शाखामा विज्ञापन देखे । आवेदन दिए । पास भए ।

2

 

2

2

जागीर सुरु भयो केन्द्रिय कार्यालयमा शेयर विभागमा एक बर्ष काम गरे । त्यहाँबाट दरबार मार्ग शाखाको नगद विभागमा चार बर्ष विताए । त्यसपछि उनी काठमाण्डौं वाहिर सरुवा भए । बीरगंज शाखामा अप्रेशन ईन्चार्ज भएर एक बर्ष काम गरे । रामपुर शाखा ६ महिना चलाए । त्यसपछि उनी धरानतिर लागे ।

2

2

2

2

एक्टेन्सन काउण्टरमा तीन बर्ष विताए । फेरि काठमाण्डौं फर्किएर दरमार्गको क्लियरिङ विभागमा ६ महिना मात्रै काम गरे । त्यहाँबाट कर्पोरेट अफिसमा सवैभन्दा धेरै सात बर्ष काम गरे । विभिन्न विभागहरुमा काम गरे उनले त्यहाँ । काठमाण्डौंको लामो वसाईपछि उनी पश्चिम नेपालतिर आए ।

2

2

2

2

नेपालगंजमा शाखा प्रबन्धक भएर तीन बर्ष काम गरे । फेरि गए काठमाण्डौतिर नै । पाटन शाखामा एक बर्ष लाजीम्पाट कर्पोरेट अफिसमा पाँच बर्ष काम गरेपछि उनी सुदुरपश्चिम आए । दुई बर्ष महेन्द्रनगर शाखाको शाखा प्रबन्धक भएर काम गरे । त्यसपछि महेन्द्रनगरपछि उनी बैकको प्रदेश प्रबन्धक भएर पछिल्लो एक बर्षदेखि धनगढीमा काम गर्दै आएका छन् । आगामी दिनको शुभकामना मनोज शर्मालाई । 

2

1

2

2