
दिनेश सञ्चार गृहमा आक्रमण गरी पत्रकारमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले तोकेको धरौटी रकम बुझाएर पाँच जना छुटेका हुन्।

आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका धनगढीका चक्र रावल, समिर वड भनिने समिर विक, कुवेर खड्का, प्रमोद खड्का र मिलन चन्द धरौटी बुझाएर छुटेका हुन्। कुवेर खड्का २५ हजार, प्रमोद खड्का २० हजार र बाँकी तीन जना ३०/३० हजार धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय कैलालीको मुद्धा शाखाका नायव सुव्वा दुर्गादत्त पन्तले बताए।
भदौ २६ गते दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५/२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07