
दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर–२ स्थित घाँटीबगर गोरेटो बाटाकोे निर्माण कार्य सम्पन्न भएको छ। महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) सडक खण्डअन्तर्गत पर्ने उक्त गोरेटो बाटोको सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्।

घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो नेपाली सेनाद्वारा निर्माण गरिएको हो। नेपाल सरकारको मन्त्रिपरिषदको वैशाख १४ को निर्णयअनुसार महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत् निर्माण गराउने निर्णय गरेको थियो।
उक्त खण्डको बाटो सम्पन्न भएपछि नेपालीहरुले दार्चुलाको सदरमुकामबाट माथिल्लो क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 7:17
2020/11/15, 11:44
2021/06/16, 1:01
2022/02/10, 3:47
2022/08/08, 1:07