बैतडीमा हालसम्म ५ हजार १४३ जनाको कोरोना परीक्षण गरिएको छ। गत चैतदेखि अहिलेसम्म ५ हजार १४३ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
जिल्लाबाट ५ हजार १४८ जनाको स्वाब संकलन गरी विभिन्न प्रयोगशालामा परीक्षण गर्दा ५ जनाको मात्रै रिपोट आउन बाँकी रहेको उनले बताए।
यस्तै आइतबारसम्म बैतडीमा ४१२ जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये २२ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भइसकेको छ। बाँकी ३ सय ८९ जना कोरोना जितेर घर फर्किसकेका स्वास्थ्य कार्यालयले जनाएको छ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50